कञ्चनपुरका आरक्ष पीडितले अर्धनग्न भएर गरे प्रदर्शन

महेन्द्रनगर । कञ्चनपुरमा आरक्ष पिडितहरुले अर्धनग्न भएर प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि दिउँसो १२ बजे टन्टलापुर गर्मीमा पुनस्र्थापनाको मागसहित आरक्ष पीडितहरूले अर्धनग्न भएर शान्तीपूर्ण रुपमा आन्दोलन गरेका हुन् ।

आफनो आन्दोलनको स्वरुप परिवर्तन गरेर उनिहरुले अर्धनग्न भएर आफनो मागहरु पुरा गरीदिन भन्दै आन्दोलन गरेका हुन् ।

गत हप्तापनि उनिहरुले आफनो पुनस्र्थापनाको मागसहित प्रशासन मूल गेट अगाडि धर्ना दिएका थिए । २४ वर्ष वितिसक्दा पनि सरकारले आफनो मागहरु सुनुवाई नगरेको भएर आफुहरुले यो अवस्थामा आन्दोलन गर्नु परेको आरक्ष पिडित अमरजङ्ग साहीले जानकारी दिनुभयो ।

अहिले उनिहरु वन कार्यालयको अगाडी खुल्ला आकासमा त्रिपाल मुनी बसीरहेका छन् । यो देशको नागरीक भएर पनि अनागरिक जस्तो व्यवहार राज्यले गरेको आफना आवस्यक्ताहरु कहिले पुरा हुन नपाएपनि यो बुढेसकालमा नपाउने दुख पाएको उहाँले बताउनु भयो ।

चुनावी समयमा आफुहरुलाई धेरैले आस्वासन मात्रै दिने गरेको तर समस्यालाई कसैले पनि नहेरेको बताउनु भयो । यो टन्टलापुर गर्मीमा यसरी नग्न भएर सडकमा उत्रिनु पर्ने बाध्यता हामीलाइृ राज्यले बनाएको उहाँको भनाई रहेको छ ।

आरक्ष पीडितहरूलाई द्वन्द्व पीडित घोषणा गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन उनले सरकारसँग माग गरे । आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले बहुमतको सरकार बनेको अवस्थामा समेत आरक्ष पीडितहरूको पुनस्र्थापनाका लागी वर्तमान सरकारले वास्ता नगरेपछि आन्दोलित हुनुपरेको बताए ।

सरकारले माग पुरा नगरुन्जेल निरन्तर आन्दोलनमा उत्रिने उनिहरुले चेतावनी दिएका छन् । आरक्ष पीडितहरूले १० कट्ठा जमिन नघटाई उपलब्ध गराउनुपर्ने,

आधारभूत कुराहरूको निःशुल्क र ग्यारेन्टी गरिनुपर्ने, आरक्ष पीडितहरूको एउटै वडा घोषणा गरिनुपर्ने, आरक्ष पीडितहरूलाई द्वन्द्व पीडित घोषणा गरिनुपर्ने लगायतका मागहरू राख्दै आएका छन् ।

सम्बन्धित

Comments are closed.