महेन्द्रनगर — सार्क एजुकेशन फाउण्डेशन महेन्द्रनगरद्वारा शिक्षा प्रणालीमा सुधार र नवीनतम शिक्षण कार्यक्रम कार्यान्वयनबारे जानकारी दिन पत्रकारसँग अन्तरक्रिया एवं पत्रकार सम्मेलन आयोजना गरिएको छ।
कार्यक्रममा फाउण्डेशनका विज्ञान संकाय प्रमुख राजेश भण्डारीले कक्षा १२ सम्म सञ्चालन भइरहेका शैक्षिक गतिविधिबारे जानकारी दिएका थिए। उनले विद्यार्थीको व्यवहारिक ज्ञान अभिवृद्धिमा केन्द्रित कार्यक्रमहरू सञ्चालन भइरहेको बताए। फाउण्डेशनका सिइओ डा. लक्ष्मण बस्नेतले संस्थाले लागू गर्न लागेको नयाँ शैक्षिक प्रणालीबारे विस्तृत जानकारी गराउँदै शिक्षालाई विषयगत रूपमा ल्याब–आधारित बनाइने बताए।
उनका अनुसार विज्ञान, टेक्नोलोजी, अध्ययन, ईन्जिनियरिङ, आर्टस, गणित, र व्यवसायमा आधारित कार्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिनेछ। कक्षा १ देखि ३ सम्म ५० प्रतिशत र कक्षा ३ देखि १० सम्म पूर्ण रूपमा ल्याब–आधारित शिक्षण प्रणाली अपनाइने योजना रहेको उनले स्पष्ट पारे।
प्रिन्सिपल सुर्य घिमिरेले वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक अभ्यासमा आधारित बनाउँदै विश्वस्तरीय शिक्षा लागू गर्नु समयको आवश्यकता रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुर का उपाध्यक्ष धर्मा रोकाया, कोषाध्यक्ष मोहन विष्टलगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले नयाँ शैक्षिक अभ्यास र त्यसको प्रभावकारिताबारे जिज्ञासा राखेका थिए भने आयोजक पक्षले त्यसका बारेमा वितृत रूपमा जानकारी गराएको थियो।
Comments are closed.