कञ्चनपुर कारागारमा एकदिन निशुल्क आँखा शिविर सम्पन्न, २ सय बढिले लिए लाभ

महेन्द्रनगर । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीहरुका लागी एकदिन निशुल्क आँखा शिविरको आयोजना गरीएको छ । नेपाल नेत्र ज्योती संघ महेन्द्रनगर आँखा अस्पतालको प्राविधिक सहयोग, पतंजलि योग समिति, कञ्चनपुर र कारागार कार्यालय कञ्चनपुरको व्यवस्थापन कञ्चनपुर कारागारमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।

कञ्चनपुर कारागार शिविरमा कारागारमा रहेका कैदीबन्दीहरूको आँखाको परीक्षण गरिनुका साथै आवश्यक परामर्श तथा औषधि वितरण गरिएको थियो । आँखासम्बन्धी समस्या भएका बिरामीहरूको पहिचान गरी थप उपचारका लागि सिफारिस समेत गरिएको आयोजकले जनाएको छ ।

२ सय १५ जनाको निशुल्क आँखा परिक्षण, १ सय १३ जना लाई निःशुल्क औषधि वितरण, ५६ जना लाई निःशुल्क चस्मा वितरण, ६ जना को मोतिबिन्दु को शल्यक्रिया गर्नुपर्ने र आँखा अस्पताल कञ्चनपुरले निशुल्मक उपचार गरिदिने वरिष्ठ नेत्र अधिकृत वीर सिंह धामीले जानकारी दिनु भयो ।

यस प्रकारका शिविरले स्वास्थ्य सेवाबाट टाढा रहेका समुदायलाई प्रत्यक्ष लाभ पुग्ने र समयमै रोग पहिचान तथा उपचारमा सहयोग पुग्ने उहाँले बताउनु भयो ।

यो गर्मी मौसममा आँखा चिलाउने, पाक्ने, रातो हुने समस्या पनि रहेको र त्यसै हिशावले उपचारपनि गरिएको उहाँले बताउनु भयो । कारागार प्रशासक हेमन्ती सावदले एक दिने आँखा शिविरको आयोजना गरििदनु हुने सक्पुर्णमा धन्यवाद व्यक्त गर्नु भयो ।

साथैआफनो अनुरोध लाई स्विकार गरेर एक दिने आँखा शिविरको आयोजना गर्न सफल भएको बताउनु भयो । यसैगरी, नेपाल नेत्र ज्योती संघ महेन्द्रनगर कञ्चनपुरका अध्यक्ष भोजराज पन्तले कारागारको अनुरोधमा यो आँखा शिविरको आयोजना गरीएको बताउनु भयो ।

साथै आँखा जस्तो सम्बेदनशिल अंगको हेरचाह र समस्या भएका उपचार पाउनका लागी यो शिविरको आयोजना गरीएको उहाँले जानकारी दिनु भयो ।

 

सम्बन्धित

Comments are closed.