महेन्द्रनगर । वेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आयोजनामा बृहत् सरसफाई तथा खानेपानी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । शनिवार समुदायमा स्वच्छता, सुरक्षित खानेपानीको प्रयोग तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम अन्तर्गत स्थानीय क्षेत्रको सरसफाई गर्नुका साथै सुरक्षित खानेपानी प्रयोग, पानीका स्रोतहरूको संरक्षण, फोहोर व्यवस्थापन तथा सरसफाईका विषयमा स्थानियहहरु, व्यापारीहरुलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, उपभोक्ता समिति सदस्य, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो ।
बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष्ँ पदमसिंह कुँवरले स्वच्छ वातावरण र सुरक्षित खानेपानी स्वस्थ जीवनका आधार भएको उल्लेख गर्दै सरसफाई अभियानलाई निरन्तरता दिन सबैलाई आग्रह गर्नुभयो ।
अहिले ११ जनाको समिति बनाएर कामलाई निरन्तरता दिइरहेको बताउनु भयो । आफुबाट सरसफाईको सुरुवात गर्नुपर्ने उहाँको भनाई रहेको छ ।
अहिले पनि जनचेतना को कमी रहेको यो समुदायमा यसरी नै जनचेतना फैलाउँदै जाने उहाँले बताउनु भयो । साथै समुदायस्तरबाटै सरसफाई र खानेपानी संरक्षणमा सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
वेदकोट नगरपालिका ९ का कार्यवाहक अध्यक्ष पार्वतीदेवी विष्टले बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाई समिति, वडा कार्यालय, स्थानियहरु सबैको सहकार्यमा आजको यो बृहत सरसफाइ कार्यक्रमको आयोजना गरीएको उहाँले बताउनु भयो ।
साथै उहाँले सरसफाई गर्नुपर्ने सबैको जिम्मेवारी रहेको र सबैले यसमा हातेमालो गरेर सहयोग गरीदिन आग्रह गर्नुभयो ।
ईन्द्रेणी कृषी सहकारी संस्था लि.का अध्यक्ष शिद्धराज भट्टले सबैले आफनो गाँउलाई स्वच्छ राख्न र आफनो वरपरको वातावरणलाई सफा गर्नुपर्ने दायित्व रहेको बताउनु भयो ।
साथै सहकारीले सरसफाइमा टयाकटर सहयोग गरेको बताउनु भयो । समितिले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै समुदायलाई स्वच्छ र स्वस्थ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
Comments are closed.