वेदकोटमा सकारात्मक दृष्टिकोण विषयक तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिकामा न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुका लागि न्याय सम्पादनमा सकारात्मक दृष्टिकोण विषयक तीन दिने क्षमता अभिवृद्धि तालिमक सम्पनन भएको छ । उक्त कार्यक्रमको सभाध्यक्षमा वेदकोट नगरपालिकाका न्यायिक समिति सदस्य उमापती भट्ट रहनु भएको थियो ।

कार्यक्रममा न्यायिक समितिको प्रभावकारी कार्यसम्पादन, स्थानीय तहमा हुने विवाद समाधान प्रक्रिया, मेलमिलापकर्ताको भूमिका तथा न्याय सम्पादनलाई थप सहज, निष्पक्ष र जनमुखी बनाउने विषयमा प्रशिक्षण दिइएको छ ।

न्यायलयमा कार्यरत सबैले निष्पक्ष भएर सन्तुलनमा रहेर निर्णय लिनु पर्ने, स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी, सहज र जनमैत्री बनाउन मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको हुँदा यो कार्यक्रमको आयोजान गरीएको आयोजकको भनाई रहेको छ ।

समुदायमा हुने सामान्य विवादहरुलाई मेलमिलापमार्फत समाधान गर्दा सामाजिक सद्भाव कायम रहने उल्लेख गर्दै न्यायिक समितिले निष्पक्ष र सकारात्मक ढंगले कार्य गर्नुपर्ने सभाध्यक्ष भट्टको भनाई रहेको छ ।

न्याय सम्पादनमा सकारात्मक दृष्टिकोण राखेर सम्पन्न गरिनु पर्ने, विभिन्न किसिमका समुदायका व्यक्तीहरुसंग विवाद समाधानमा बसेको अवस्थामा उहाँहरुको भित्री कुरा जान्न र सकारात्मक दृष्टिकोणले उहाँहरुको समस्यालाइ समाधान गर्ने तर्फ उन्मुख गराउन यो तालिमले सहयोग दिने बताउनु भयो ।

यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुको दक्षता बढाउने विश्वास व्यक्त गर्दै नागरिकलाई छिटो, सहज र भरोसा योग्य न्याय सेवा प्रदान गर्नु स्थानीय सरकारको प्रमुख दायित्व रहेको बताउनु भयो ।

यसैगरी, सहभागी वेदकोट नगरपालिकका ८ की मेलमिलापकर्ता उषा खडकाले यो तालिमले थप उर्जा र सकारात्मक तर्फ आफुलाई बढाएको बताउनु भयो ।

साथै न्याय सम्पादन गर्दा सकारात्मक दृष्टिले पनि समाधानको बाटो जान सकिन्छ, सुमधुर सम्बन्ध निर्माण गर्न सकिने बताउनु भयो ।

यस्तैगरी अर्का सहभागी वेदकोट २ का प्रकाश दत्त अवश्थीले यो तालिम अहिले सम्म गरीएका तालिम भन्दा फरक रहेको र यस्ता तालिमहरु बेलाबेलामा गरीरहनु पर्ने र अली लामो समयका लागी आयोजना गरी दिन आग्रह गर्नु भयो ।

सम्बन्धित

Comments are closed.