शुक्लाफाँटा १२ मा रेडियो श्रोता क्लब गठन

महेन्द्रनगर । सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले श्रोता क्लब गठन गरेको छ । बिबिसी मिडिया एक्सनको सहयोग, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को समन्वय तथा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको आयोजनामा शुक्लाफाँटा नगरपालिका–१२ मा रेडियो श्रोता क्लब गठन गरिएको हो ।

२० जना सदस्य रहने गरी स्थानीय समुदायलाई मौसमसम्बन्धी ताजा जानकारी उपलब्ध गराउने तथा मौसमजन्य विपद्बाट हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले श्रोता क्लब गठन गरिएको आयोजकले जनाएको छ ।

क्लबमार्फत समुदायका नागरिकलाई समयमै मौसमको अवस्था, सम्भावित जोखिम तथा आवश्यक सावधानीका उपायबारे जानकारी प्रवाह गरिनेछ ।

शुक्लाफाँटा नगरपालिका १२ का वडा अध्यक्ष नवलसिंह रानाले आफनो वडामा रेडियो श्रोता क्लबल गठन गरीएको प्रती धन्यवाद व्यक्त गर्नुभयो ।

साथै उहाँले, रेडियो श्रोता क्लबले समुदायस्तरमा सूचना प्रवाहलाई प्रभावकारी बनाउने, विपद् पूर्वतयारीमा सहयोग पु¥याउने तथा स्थानीय नागरिकलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा, महिला, युवा तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले आगामी दिनमा पनि स्थानीय समुदायको आवश्यकता अनुसार सूचना तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।

रेडियो श्रोता क्लब गठनसँगै मौसम तथा विपद् सम्बन्धी सूचना समुदायसम्म अझ प्रभावकारी रूपमा पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित

Comments are closed.