होटल व्यवसायीका लागी एआई तथा सामाजिक सञ्जाल व्यवस्थापन तालिम सम्पन्न

महेन्द्रनगर । होटल तथा पर्यटन व्यवसायीहरुका लागी आयोजना गरीएको लागी एआई तथा सामाजिक सञ्जाल व्यवस्थापन तालिम सम्पन्न भएको छ । नेपालको पर्यटन क्षेत्रलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने उद्देश्यले कञ्चनपुरमा एआई (कृत्रिम बुद्धिमत्ता) तथा सामाजिक सञ्जाल व्यवस्थापन तालिम सुरु भएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा नेपाल पर्यटन बोर्डको सहयोग तथा होटेल व्यवसायी संघ कञ्चनपुरको आयोजना रहेको थियो ।

होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले एआई तथा सामाजिक सञ्जाल व्यवस्थापनजस्ता तालिमहरूले पर्यटन क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले यो तालिमको आयोजना गरीएको बताउनु भयो ।

आजको युगमा पर्यटन प्रवद्र्धन केवल परम्परागत माध्यमबाट मात्र सम्भव छैन, डिजिटल प्लेटफर्मको प्रभावकारी उपयोग अनिवार्य भइसकेको उहाँले बताउनु भयो ।

यस्ता तालिमहरूले होटल व्यवसायी, पर्यटन क्षेत्रका सरोकारवालाहरू तथा युवाहरूलाई नयाँ अवसर सिर्जना गर्ने बताउँदै, प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

साथै, पर्यटन प्रवद्र्धनमा स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कञ्चनपुरलाई पर्यटकीय दृष्टिले अझ आकर्षक बनाउनेतर्फ सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

निवर्तमान अध्यक्ष जगदिश चन्द्र भट्टले नेपालको पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै अगाडि बढाउन एआई र सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी तालिम अत्यन्तै उपयोगी साबित हुने बताउनु भयो ।

आजको प्रतिस्पर्धात्मक पर्यटन बजारमा डिजिटल माध्यमको सही प्रयोग बिना व्यवसायलाई अघि बढाउन कठिन छ ।”उहाँले होटल तथा पर्यटन व्यवसायीहरूलाई यस्ता तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

सहभागी रोहित जोशीले तालिममा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी पर्यटन प्रवद्र्धन, डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको प्रभावकारी व्यवस्थापन, अनलाइन ब्रान्डिङ तथा पर्यटक आकर्षित गर्ने आधुनिक प्रविधिबारे जानकारी पाएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट होटल व्यवसायी, पर्यटन व्यवसायी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको तालिमले पर्यटन व्यवसायलाई प्रविधिसँग जोड्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्बन्धित

Comments are closed.