विद्यालय सुधार योजनामा विपद् तथा जलवायु उत्थानशीलतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा क्रियाशील सामाजिक संस्था पेसवानले विद्यालय सुधार योजनामा विपद् तथा जलवायु उत्थानशीलता मूलप्रवाहीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त अभिमुखीकरणमा विद्यालय सुधार योजनालाई विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनका प्रभावसँग अनुकूल बनाउने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई विद्यालयको योजना निर्माण गर्दा विपद् जोखिमको पहिचान, सुरक्षित विद्यालयको अवधारणा, जलवायु परिवर्तनबाट पर्न सक्ने असर तथा त्यसको न्यूनीकरण र अनुकूलनका उपायहरूलाई विद्यालय सुधार योजनामा समेट्ने विषयमा जानकारी प्रदान गरिएको थियो ।

जलवायु उत्थानशील कार्यक्रमका परियोजना संयोजक भोज सिंह खडकाले विद्यालय सुधार योजना अन्तरगत विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सक्षम बनाउने, सुरक्षित सिकाइ वातावरण सिर्जना गर्ने तथा दीगो विकासका लक्ष्य हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बताउनु भयोे ।

साथै, विद्यालयकामा सुधार योजना निर्माण गर्दा जदवायु पयिरवर्तनका विषयहरु के कसरी समेटन सकिन्छ भन्ने विषयमा छलफल हुने बताउनु भयो १४ वटा विद्यालयका २८ जनालाई अहिले यो तालिममा सहभागी गराइएको बताउनु भयो ।

सहभागी भीम्दत्त नगरपालिका १९ बागफाटामा रहेको श्री पञ्चाकृत मावीका प्रधानाध्यापक महेश कुमार भट्टले विद्यालय सुधार योजनामा विपद् जोखिम न्यूनीकरण र जलवायु उत्थानशीलतालाई प्रभावकारी रूपमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

साथै यो अभिमुखीकरणले विपदजन्य जलवायु परिवर्तनका विषयहरुमा पनि जानकारी वाएको र आफुहरुले आफनो विद्यालयमा पनि यसलाई लागु गर्ने बताउनु भयो ।

पेसवानले आगामी दिनमा पनि समुदाय र विद्यालयलाई जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका क्षेत्रमा थप सशक्त बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित

Comments are closed.