लालझाडी २ मा वृक्षारोपण तथा २५० मिटर तारबार फेन्सिङ कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं= २ कञ्ज स्थित दोदा नदी किनार संरक्षण, वातावरणीय सन्तुलन कायम गर्नुका साथै स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले वृक्षारोपण तथा २५० मिटर तारबार फेन्सिङ कार्यक्रम सम्पन्न भएको छ।


प्राक्टिकल एक्सन र पेसवान कञ्चनपुरको सहकार्यमा सञ्चालित ‘समृद्धिका लागि जलवायु उत्थानशीलता कार्यक्रम’ तथा मर्सी करप्स नेपाल र एनएनएसडब्लुएको सहकार्यमा सञ्चालित सान परियोजनाको अन्तरगत उक्त कार्यक्र सम्पन्न गरीएको हो ।लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, वडा नं। २ का अध्यक्ष आशाराम राना, कार्यपालिका सदस्य, गाउँपालिका कर्मचारी, कञ्ज सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय समुदाय, पेसवान तथा एनएनएसडब्लुए का प्रतिनिधि सहित १०० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत नदी कटान तथा बाढी प्रभावित बाँझो जमिनमा बाँस, नेपियर घाँस, भेटिभर घाँस, आँप, कागती, अम्बा, लिची, सिसौलगायतका बिरुवा तथा फलफूलका प्रजाति रोपिएका छन्। साथै, रोपिएका बिरुवाको संरक्षणका लागि २५० मिटर तारबार फेन्सिङ समेत गरिएको पेसवान कञ्चनपुरका फिल्ड अधिकृत बिबेक क्षेडालले जानकारी दिनु भयो ।

सहभागीहरूले यस्ता कार्यक्रमले नदी किनार संरक्षण, हरियाली प्रवर्द्धन, जैविक विविधताको संरक्षण, बाढी तथा भू–क्षय न्यूनीकरण र जलवायु परिवर्तनका असर कम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित

Comments are closed.