महाकाली मोडर्न प्रिमियर लिग ( एमएमपिएल) शनिवारदेखी सुरु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलको आयोजनामा महाकाली मोडर्न प्रिमियर लिग अर्थात एमएमपिएल तेस्रो संस्करण सुरु भएको छ । संविधान दिवसको अवसरमा आयोजना गरीएको उक्त कार्यक्रमको सभाध्यक्षमा विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्ट रहनु भएको थियो भने प्रमुख अतिथीमा संस्थापक सदस्य हर्कबहादुर धामी रहनु भएको थियो ।साथै संविधान दिवसको उपलक्ष्यमा दिप प्रज्वलन पनि गरिएको थियो ।

सोसियल हिरोज, कम्प्युटर वारियर्स, साईन्टिफिक ईन्भेष्टर, म्याथम्याटिक्स ब्लाष्टर, हेल्थ सुपर जियन्टस, र अप्सनल म्याथ सुपर स्टार गरी ६ वटा टिमले उक्त लिगमा भाग लिएका छन् । गत भाद्र १६ गते उक्त लिगका लागि खेलाडीहरुको अक्शन अर्थात खेलाडीहरुलाई खरिद गर्ने कार्यक्रम सम्पन्न भएको थियो ।

६ वटा टिमले खेलाडीहरु खरिद गरी शनिवारदेखी उक्त तेस्रो सिरज सुरु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै महाकाली मोडर्न पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल दिजराज भट्टले बिद्यार्थीहरुको रहेको अन्तरनिहित सिप क्षमतालाई अगाढी ल्याउनको लागी यो एमएमपिएलको आयोजना गरीएको बताउनु भयो ।

विगत तिन वर्षदेखी आयोजना गरीएको यो लिगबाट धेरै क्रिकेट प्रेमी खेलाडीहरुले आफनो भविष्य निर्माण गर्ने र आफुमा भएको प्रतिभालाई बाहिर ल्याउने अवसर पनि रहेको बताउनु भयो ।

साथै विद्यार्थीहरुको सर्वाङगिण विकास उनिहरुको सिपकला र उनिहरुले आफुमा भएको खेललाई यो लिग मार्फत देखाउन पाउने अवसर पनि रहेको बताउनु भयो ।

खेल जगतबाट पनि विद्यार्थीहरुको पहिचान बनाउन र उनिहरुलाई भविष्यमा खेलबाट पनि नाम दाम दुवै कमाउन सकिन्छ भन्ने उदाहरण दिनका लागि पनि यो कार्यक्रमको आयेजना गरीएको बताउनु भयो ।

विद्यालयका संस्थापक हर्कबहादुर धामीले यो खेलकुदबाट क्रिकेटमा विभिन्न अवसर रहेका छन् त्यसको लागि र आफनो भविष्य निर्माण गर्न सहज होस भन्ने उदेश्यलाई मध्ये नजर गर्दै विद्यालयले विगत एक वर्षदेखी यो लिगको आयोजना गर्दै आएको बताउनु भयो ।

सुदूरखबर वानका संचालक एवम कला स।स्कृती प्रेमी प्रकाश कलौनीको पनि उपश्थिती रहेको थियो ।

सम्बन्धित

Comments are closed.