कञ्चनपुरमा बुधवार ५९ जना कोरोनाको संक्रमण मुक्त भएका छन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका १४ जना र पिसीआर विधिबाट परिक्षण गर्दा संक्रमण पुष्टि भएका ४५ जना गरी कुल ५९ जना बुधवार कोरोना भाइरसको संक्रमण मुक्त भएका हुन् । बुधवार ५९ जना कोरोना भाइरसको संक्रमणमुक्त भएसंगै हालसम्म कञ्चनपुरमा कोरोना भाइरसको संक्रमण मुक्त हुनेको कुल संख्या ६ हजार ७ सय ३३ जना पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
यसैगरी बुधवार कञ्चनपुरमा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट परिक्षण गर्दा १६ जना र पिसीआर परिक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बुधवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना, दोधारा चादँनी नगरपालिकाका १ जना, वेदकोट नगरपालिकाका १ जना, कृष्णपुर नगरपालिकाका ५ जना, पुर्नवास नगरपालिका २४ जना, बेलौरी नगरपालिकाका १९ जना, बेल्डाडी गाउपालिकाका १ जना र लालझाडी गाउपालिकाका ३ जना रहेका छन् । यस्तै बुधवार कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ । हालसम्म भने कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणका कारण १ सय ७९ जनाको ज्यान गएको छ । हाल कञ्चनपुरमा ५ सय २० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
Comments are closed.