स्कारपियो दुर्घटना अपडेट,लक्ष्मी बडुको मृत्यु

महेन्द्रनगर । मकवानपुरमा भएको स्कारपियो दुर्घटनामा बैतडीकी एक महिलाको मृत्यु भएको छ ।जिल्लाको दशरथचन्द नगरपालिका–७ सुर्काल बस्ने, ५१ वर्षीय तारादत्त बडुकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडुको मृत्यु भएको हो ।

तारादत्त बडु सहित उनका २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया छोरी रिता बडु गमभीर घाइते भएका छन् । उपचारका लागि उनीहरुलाई काठमाण्डौँ अस्पतार लगिएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश, रजिष्ट्रारसहित ६ जना सवार स्कारपियो दुर्घटना भएको हो ।

घाइते भएका ६ जना मध्ये लक्ष्मीको उपचारका क्रममा मृत्यु भएको हो । नेपाली सेनाको हेडक्वार्टरमार्फत उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल पठाइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।

सम्बन्धित

Comments are closed.