कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन ९ सय १० मिलिग्रामसहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–५ पबित्राबस्ती बस्ने २३ वर्षीय रोशन चौधरी, कैलाली गोदावरी नगरपालिका–३ बस्ने २८ वर्षीय राजेश ताम्रकार र २० वर्षीय राहुल ताम्रकार रहेका छन्।

तीन्ै जनालाई अस्थायी प्रहरी पोष्ट गजरौला र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो । उता, कैलालीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

कैलाली टीकापुर नगरपालिका–२ कोठारपुर स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम ८९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय सुभाष शाही र २६ वर्षीय तिलक बुढा पक्राउ परेका हुन्।

सोमबार साँझ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ।

यसैगरी, गोदावरी नगरपालिका–५ गेटा चेकपोष्ट स्थित अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम २०० मिलिग्रामसहित जिल्ला कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ वस्ने २३ वर्षीय जगदिश विष्टलाई सोमबार साँझ प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०२–००४ प ४५४३ नम्वरको मोटरसाइकलमा सवार उनलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको छ ।

सम्बन्धित

Comments are closed.