पाकिस्तानका कप्तान तथा स्टार ब्याट्सम्यान बाबर अजामले विराट कोहलीको नाममा रहेको अर्को एक रेकर्ड आफ्नो नाममा पारेका छन्।
बाबरले आईसीसी टी–२० वरीयतामा सर्वाधिक लामो समयसम्म एक नम्बरमा रहने कीर्तिमान बनाएका हुन्। यसअघि यो रेकर्ड विराट कोहलीको नाममा थियो।
विराट कुल एक हजार १३ दिन सम्म नम्बर एक रहेका थिए। तर बाबरले विराटको यो कीर्तिमान तोडेका हुन्।
बाबर अहिले पनि नम्बर एक ब्याटरका रूपमा छन्। यद्यपि आगामी दिनमा उनको अग्रता थप बढ्नेछ।
बाबर अहिले ८१८ रेटिङ प्वाइन्टसका साथ शीर्ष स्थानमा छन्। पाकिस्तानका मोमम्मद रिजवान ७९४ अंकका साथ दोस्रो स्थानमा छन्।
Comments are closed.