केन्या भ्रमणका लागि घोषणा गरेको टिममा अर्जुन साउद पनि परे

नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणका लागि घोषणा गरेको टिममा धनगढीका अर्जुन साउद पनि परेका छन । गत मंगलबार सन्दीप लामिछानेको कप्तानीमा घोषित १६ सदस्यीय टोलीमा एक मात्र नयँ खेलाडी अर्जुन साउद रहेका छन । धनगढीमा क्रिकेट प्रशिक्षण गरी रहेको बेला अर्जुनलाई उनका भाइहरुले फोन गरेर राष्ट्रिय टिममा परेको खबर सुनाएका थिए ।

मुम्बईमा जन्मेर उतैबाट क्रिकेट सिकेका १९ वर्षीय अर्जुन सिनियर टोली बाट पहिलो खेल खेल्ने लक्ष्य सहित केन्या जँदैछन् । भदौ १९ देखि २० गते सम्म नेपालले केन्या संग पँच टी २० आई र तीन एक दिवसीय खेल खेल्नेछ । नेपालले पछिल्ला अन्तर्राष्ट्रिय शृंखला खेल्दा नयँ नयँ खेलाडीले डेब्युको अवसर पाइरहेका छन् ।

केन्या भ्रमणका लागि पनि अर्जुनको रुपमा नयँ अनुहार राष्ट्रिय टिममा छन् । राष्ट्रिय टिममा समावेश भएको थाहा पाएपछि उनी भोली पल्टै काठमाडौं पुगेका छन । उनले प्रशिक्षण समेत गरि रहेका छन् । घरेलु प्रतियोगितामा सिनियर र उमेर समूहमा राम्रो प्रदर्शन गर्दै प्रभाव छाड्न सफल अर्जुनले केन्या भ्रमणलाई आफ्नो क्षमताको प्रदर्शन गर्ने प्लेट फर्मका रुपमा हेरेका छन् । तर उनले यति छिटै राष्ट्रिय टिममा पर्छु भनेर सोचेका थिएनन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.