विषाक्त मदिरा सेवन बाट पाँच जनाको ज्यान गयो

भारतको विहार राज्यमा विषाक्त मदिरा सेवन बाट पँच जनाको ज्यान गएको आशङ्का गरिएको छ । राज्यको सारण जिल्ला स्थित भुअलपुरमा उक्त घटना भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन । घरेलु मदिरा सेवन गरेका कारण उनीहरूको ज्यान गएको प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ । यद्यपि त्यो यकिन भइ नसकेको र अनुसन्धान जारी रहेको छ ।

शल्य परीक्षणका निम्ति शव सारण अस्पताल लगिएको छ । मृत्युको कारण पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पठाइएको छ । विषाक्त मदिरा सेवन गरेका अन्य तीन जना सिकिस्त बिरामी भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विषाक्त मदिरा बाट सर्वसाधारणको ज्यान गएपछि प्रहरीले घटनास्थल वरपर छापा मारेर १० देखि १२ जनालाई पक्राउ गरेको छ ।

यही साउन २० गते विषाक्त मदिरा सेवन बाट सोही जिल्लाको छप्रामा आठ जनाको ज्यान गएको थियो भने केही गम्भीर रूपमा बिरामी भएका थिए । भारतमा विषाक्त मदिराको सेवन अत्याधिक हुने गरेको र त्यसले हरेक वर्ष सयौको ज्यान जाने गरेको छ । सन् २०१६ देखि राज्यमा मदिरा माथि प्रतिबन्ध लगाइएको भए पनि मदिरा बिक्री र सेवन बाट हताहतिका यस्ता घटना रोकिएका छैनन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.