डोटीको सदरमुकाम सिलगढी स्थित रुद्धध्वज गणले माघ ११ गते शनिवारका दिन डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ३ वासुदेवीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
केआई सिंह गाउँपालिका र शैलेश्वरी अस्पताल दिपायलको समेत सहयोग रहने उक्त शिविरमा सामान्य चेकजाचका साथै विशेषज्ञ चिकित्सकहरू बाट छाला रोग, स्त्री रोग, नाक, कान, घाटीको चेकजाचँ गरिने रुद्धध्वज गणले जानकारी दिएको छ ।
स्थानीय बासीलाई आफ्नो घर आगनमा निःशुल्क रूपमा स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाको समन्वय सहकार्यमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताउनु भयो ।
शिविरमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूको सहभागिता हुने भएकाले सबै रोगका बिरामीहरूलाई चेकजाँच गराई मौकाको फाइदा उठाउन समेत अध्यक्ष शाहीले आग्रह गर्नु भएको छ ।
एक दिन मात्र सञ्चालन हुने उक्त शिविरमा नेपाली सेना र शैलेश्वरी अस्पतालका विशेषज्ञ चिकित्सक सहित पाँच जना डाक्टरहरूको टोली रहने समेत रुद्धध्वज गणले जानकारी दिएको छ ।