भारतीय स्थल सेना प्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई औपचारिक भ्रमणको लागि निम्तो दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नव नियुक्त पाण्डेलाई औपचारिक भ्रमणको निम्तो दिने निर्णय गरेको हो ।
तर, कहिलेका लागि निम्तो दिने भन्ने खुलाइएको छैन । स्थल सेना प्रमुख एम एम नरवणेको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनी नयँ प्रमुखको रूपमा पाण्डेलाई वैशाखमा नियुक्त गरिएको थियो । भारतमा नयँ प्रधानसेनापति नियुक्त भएपछि नेपालमा मानार्थ सेनापतिको दर्ज्यानी दिने प्रचलन रहेको छ ।