डेढ लाख घुस रकमसहित पक्राउ परेका भूमीसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका खरिदारविरुद्ध आरोपपत्र दायर
डेढ लाख घुस रकमसहित पक्राउ परेका भूमीसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका खरिदारविरुद्ध आरोपपत्र दायर भएको छ । डेढ लाख नै बिगो कायम गरी खरिदार ललिता रोकायाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
भीमदत्त नगरपालिका वडा नं. ४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराई दिन्छु भन्दै रोकायाले डेढ लाख घुस खाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उक्त कुरा पुष्टि भएको दावी अख्तियारको छ ।
रोकायाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि भएकोले डेढ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
Comments are closed.