कञ्चनपुरको दोधारा चँदनी नगरपालिकाको हात्ती पिडित क्षेत्र भनेर चिनिदै आएको बडुवाल टोलमा दोधारा चँदनी मेयर, उपमेयर तथा वडाध्यक्षहरुले स्थलगत अनुगमन गरेका छन् ।
दोधारा चँदनी नगरपालिका वडा नं. ३ जोगबुडा नदी पारी भारत संग सिमा जोडिएको बडुवाल टोल बस्तीमा शनिबार दोधारा चँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको अगुवाईमा रहेको एक टोलीले अनुगमन गरेको हो । बिगतका दिनहरुमा हात्ती बस्तीमा पस्दा अन्धकारमा ज्यान बचाउन भाग्नु पर्ने बाध्यता थियो । खेतमा अन्नबाली हरियो हुने बित्तिकै जंगली हात्तीको बथान बस्तीमा पस्दै आएको छ् ।
यो क्रम अझै सम्म नरोकिएको स्थानीयहरुले बताउदै आएका छन् । बडवाल टोल संगै जोडिएको भारतीय जंगल बाट रातिको समयमा आउने वन्यजन्तुले विगत लामो समय देखि सताउनु सताएको छ् । भारत संग जोडिएका दोधारा चँदनी नगरपालिका मध्यवर्ती क्षेत्रका गाउ बस्तीहरुमा जंगली हात्ती पस्न थालेपछि स्थानीयमा त्रास रहदै आएको छ् ।
नगर क्षेत्रमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व सुरु भइरहेको छ् । खेतमा धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठूलो हुल रातिको समयमा पस्छ् । दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ् । दोधारा चँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्थानियहरु संग समस्याको बारेमा जानकारी समेत लिएका छन् ।
बिद्युत बत्तीको कारण समेत निकै समस्या देखिएको बताउदै मेयर लिम्बुले तत्कालको लागी बिद्युत बत्ती जडान र प्रत्येक घरको लागी एक सर्च लाईटको ब्यवस्था गर्ने, झाडी सरसफाई गर्ने बताएका छन् । बडुवाल टोलमा हात्तीको समस्या निकै गम्भिर रहेको आफुले महशुस गर्दै आएको बताउदै हात्तीको आतंंक निराकरणको लागी शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाउ लगाएत सरोकारवाला संग पहल गर्ने बताएका छन् । ‘हामी हात्तीको आतंंकको बारेमा कार्यपालिका बैठकमा छलफल गरि समस्या हल गर्न तर्फ लाग्ने छौं’ । दोधारा चादनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले भने ।
स्थानियबासीहरुले मेयर लिम्बु लगाएत उप मेयरलाई बस्तीको समस्याको बारेमा जानकारी गराउदै बस्तीमा हात्तीको समस्या निकै जटिल बन्दै गएको बताएका छन् । दोधारा चादनी नगरपालिकाका उपमेयर गंगा जोशीले सबै मिलेर समस्याको हल गर्न लाग्नु पर्ने बताएका छन् । ‘हामी कार्यपालिकाको बैठकमा प्रमुखताको साथ बडुवाल टोलको हात्तीको समस्या हल गर्न तर्फ निर्णय गर्ने छौं’ दोधारा चँदनीका उमपेयर गंगा देबी जोशीले बताए ।