चुरे संरक्षण सञ्जाल नेपाल कञ्चनपुरको ८ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । चुरे संरक्षण सञ्जाल नेपाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुवरको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द रहनु भएको थियो ।
त्यसैगरी विशिष्ट अतिथिहरुमा डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत शिवराज अवस्थी र वन उपभोक्ता महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी साउद रहनु भएको थियो ।
सञ्जालले आर्थिक वर्ष २०७६(७७ का लागि पोखरी संरक्षण, वन संरक्षण, गस्ती परिचालन लगायतका कार्यहरु गर्नका लागि रु. १ करोडको योजना बनाइएको अध्यक्ष कुवरले बताउनु भयो । साधारण सभाबाट सञ्जालको समितिले समेत पुर्णता पाएको छ ।
सञ्जालका उपाध्यक्षमा मोहन बहादुर चन्दलाई चयन गरीएको छ भने सदस्यमा प्रतापसिह धामीलाई चयन गरीएको छ । यससंगै समिति १३ सदस्यीय बनेको छ ।
Comments are closed.