१३ औं सुदुरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७६ फाल्गुन ७ गतेदेखि १७ गतेसम्म

१३ औं सुदुरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७६ फाल्गुन ७ गतेदेखि १७ गतेसम्म आयोजना हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना तथा भीमदत्त नगरपालिकाको सहकार्यमा र नेपाल पर्यटन बोर्डको प्रबद्र्धकत्वमा महेन्द्रनगरको खुल्ला मञ्चमा कृषि, पर्यटन र उर्जामा विकास, समृद्ध सुदुरपश्चिम प्रदेशको आधार भन्ने मुल नाराका साथ महोत्सव आयोजना हुन लागेको आज कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । यस वर्षको मेला विशेष गरेर नेपाल सरकारले मनाउन लागेको पर्यटन वर्ष २०२० र स्थानिय सरकारले पर्यटन वर्षलाई सफल बनाउन अवलम्बन गरेको नीतिलाई अंगीकार गरि भीमदत्त नगरपालिकासंगको सहकार्यका साथ आयोजना गर्न लागिएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला तथा महोत्सव मुल आयोजक समितिका संयोजक जंग बहादुर मल्लले बताउनु भयो । कञ्चनपुर उद्योग वाणिज्य संघले १२ पटक क्षेत्रीय स्तरको मेला तथा महोत्सव आयोजना गरिसकेको छ । सरकार र सबै देशवासीको ध्यान सुदुरपश्चिम प्रदेश तथा कञ्चनपुरतर्फ केन्द्रित गराउन, विशेष गरेर भीमदत्त नगरपालिका भित्र तथा जिल्लामा रहेका सम्पुर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रचारस्रसार तथा प्रवद्र्धन गर्न, स्थानीय स्तरमा तथा स्वदेशमै उत्पादित बस्तु र सेवाको विकास तथा बजार विस्तार गर्न, निकासीयोग्य वस्तुको पहिचान गर्न, घरेलु, साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका वस्तको बजार प्रवद्र्धनमा टेवा पु¥याउने उद्येश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजक कञ्चनपुर उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा लघु उद्यम प्रदैशनी, अटो प्रदर्शनी, कृषि प्रदर्शनी, गार्मेन्टका उत्पादन, जुत्ता चप्पल, वैकल्पिक उर्जा, पर्यटन प्रवद्र्धन, गुणस्तरिय दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री तथा औजार, सुचना प्रविधि तथा ईलेक्ट्रोनिक्स, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवाहरु, सांस्कृतिक कार्यक्रम, हास्यव्यङ्ग, दोहरी, डेउडा, थारु राना नृत्यु, नाच प्रतियोगिता, राष्ट्रिय तथा भारतीय कुमाउनी कलाकारहरुको सास्ंकृतिक कार्यक्रम मेलाका मुख्य आकर्षक रहने आयोजकले जनाएको छ । ११ दिनसम्म सञ्चालन हुने मेलामा १ सय ७० भन्दा बढि स्टलहरु निर्माण हुने तथा मेलामा करिब ७ करोड बराबरको कारोवार हुने आयोजक कञ्चनपुर उद्योग वाणिज्य संघले अनुमान गरेको छ । मेलामा स्वेदेशी तथा विदेशी गगरि कुल २ लाख जति अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला आयोजना सफलता पुर्वक सम्पन्न गर्नका लागि कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा १ सय ५१ सदस्यीय मुल आयोजक समिति, १६ वटा विषयगत समिति तथा एउटा सल्लाहकार समिति गठन गरीएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.