कैलालीमा रु. २२ लाख ८२ हजार नगद सहित १६ जना जुवाडे पक्राउ परेका छन् । सोमवार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ रोस हाउस रेष्टुरेण्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
अधिकारीको घरमा जुवातास खेलाई राखेको छ भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतको कमाण्डमा खएिको टोलीले रु. २२ लाख ८२ हजार नगदसहित १६ जना जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने २८ वर्षका रबिन्द्र शाही, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ बस्ने ३४ वर्षका धिरेन्द्र चन्द, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ बस्ने ३४ वर्षका भुवन कुवर, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ३८ वर्षका तिलक अधिकारी, धनगढी उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ३४ वर्षका रमेश खड्का, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ३५ वर्षका खेमराज भट्ट, धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षका जनक दौल्याल, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने २८ वर्षका सन्देश तामाङ, गोदावरी नगरपालिका वडा नम्बर ३ बस्ने ३८ वर्षका मोहन खड्का रहेका छन् ।
त्यसैगरी बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ८ बस्ने ३१ वर्षका अमित गुरु, बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० बस्ने ३५ वर्षका प्रेम बहादुर सिंह, बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ४ बस्ने ३० वर्षका सुर्य भट्ट, बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर ८ बस्ने ५० वर्षका कालुसिह धामी, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्नते ३७ वर्षका चन्द्रमणि अधिकारी, दार्चुलाको नौगाड गाउपालिका वडा नम्बर ४ बस्नते ३३ वर्षका जयसिह धामी र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षका मंगल ठगुन्नालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनु भयो ।