महेन्द्रनगर । थारु कल्याणकारिणी सभा कञ्चनपुरको नवौं जिल्ला अबिधेशनको उदघाटन समारोह कार्यक्रम आज बेलौरीमा सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा कञ्चनपुरका सभापति मेवाराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको नवौ जिल्ला अबिधेशनमा २२ जनाले रक्तदान समेत गरेका छन् । प्रमुख अतिथीको आसनबाट बोल्दै थारु कल्याणकारिणी सभाका केन्द्रिय प्रतिनिधि प्रभात चौधरीले थारु समुदायको हकहित, स्वास्थ्य शिक्षामा पहुच बढाउने, धर्मसंस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्नका लागि सबै ठाउका थारु समुदाय एकजुट हुनु पर्ने अपरिहार्य रहेको कुरा बताउनु भयो । अबिधेशनमा बिशिष्ट अतिथी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, प्रहरी उपरिक्षक एसपी श्यामसिंह चौधरी, पुर्व संविधानसभा सदस्य देबीलाल चौधरी र बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी, थारु नागरिक समाजका अगुवा बलबहादुर डंगौरा र थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य सिता डंगौरा रहेका थिए । अबिधेशनमा जिल्ला भरीका थारु समुदायका बुद्धिजिवी, समाजसेवी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो । यो समाचार तयार पार्दा सम्म बन्द शत्र भइरहेको थियो ।
Comments are closed.