कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका–५ ’ग’ गाउँका ३६ वर्षीय दलबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै पाउरोटी उद्योगमा काम गरिरहेका बेला करेन्ट लागेर घरमै रहेको पाउरोटी उद्योगमा इन्भर्टर चलाउने क्रममा करेन्ट लागेर बोहरा घाइते भएका थिए ।
उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।