धनगढीबाट डोटीका लागि छुटेको बस दुर्घटना

महेन्द्रनगर । डोटीमा बस दुर्घटना भएको छ । धनगढीबाट डोटीका लागि छुटेको बस दुर्घटना भएको हो। डोटीको बडीकेदार गाउँपालिकाको बाग्छेडाका लागि छुटेको ना ४ ख ५६३५ नम्बरको बस कैलालीको चुरे गाउँपालिका–३ सल्लेरी नजिक दुर्घटना भएको प्रहरीले बताएको हो।
बस चिप्लिएर नालीमा परेको र क्षति केही नभएको ईलाका प्रहरी कार्यालय फलटुडेले जनाएको छ। बसमा सवार सबै यात्रु सकुशल रहेका र उनीहरुलाई अर्को गाडीमा पठाइएको प्रहरीले बताएको छ।

सम्बन्धित

Comments are closed.