थारु समुदायमा बडा दशैको रौनकता छायो

महेन्द्रनगर । सुदुर पश्चिम तथा मध्य पश्चिमका थारु समुदायमा बडा दशैंको चहल पहल निकै बढेको पाइएको छ । धुमधाम संग दशै मनाउनका लागि थारु समुदायमा अहिले घर आ“गन सरसफाई तथा लिप पोत गर्ने कार्य गरि रहेका छन् । यो संगै थारु समुदायका महिला तथा पुरुषहरु सालको पात टिप्ने र दुना टपरी बनाउने कार्य पनि गरिरहेका छन् भने बडा दशैमा थारु परिकार ढिकरी बनाउनको लागि धान कुटानी पिसानी पनि गरि रहेका छन् । यसैबिच कञ्चनपुरको शुक्लाफा“टा नगरपालिका वडा नं.३ को पिपलाडीमा तिन दिन पहिले देखि नै सखिया नाच गरि रहेका छन भने छिमेकी गाउ“ जोनापुरमा पनि हिजो देखि सखिया नाच गरि रहेका छन् । यसैगरी थारु समुदायका ब्यक्तिहरु घटस्थापनाको दोस्रो दिन भोली मंगलबार जमरा राख्ने तयारी गरि रहेका छन् । भोली थारु समुदायले बिहानै नुहाई धुवाई गरी दुर्गा भवानीको पुजापाठ गरी कुल देवता रहेको दिउह्रार कोठामा जौ अथवा मकैको जिउरा अर्थात जमरा राख्ने परम्परा रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.