छाउगोठ नभएको बैतडी जिल्ला

जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामा छाउगोठ नरहेको जनाएको छ । गृह मन्त्रालयले गत पुस ८ गते छाउगोठ भत्काउन निर्देशन दिएपछि प्रशासनले तयार पारेको प्रतिवेदनमा छाउगोठ नरहेको पाइएको हो ।

प्रशासन कार्यालयले प्रहरी युनिट, स्थानीय तह र सरोकारवालासँगको छलफलबाट छाउगोठ नरहेको पाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनु भयो ।

निर्देशनपछि छाउगोठ रहेनरहेका बारे तथ्यांक संकलन गर्न सबै स्थानीय तह र सबै प्रहरी युनिटलाई पत्राचार गरिएको थियो ।

बैतडीमा छाउगोठ नरहेको भए पनि महिनावारी भएका बेला अलग्गै बस्ने तथा छाउ बार्ने चलन कायमै रहेको छ । यसका साथै महिनावारीका बेला दूध दही समेत खान नहुने कुप्रथा छ ।

किशोरीले पनि महिनावारीका बेला विद्यालय नजाने र मन्दिर प्रवेश समेत गर्न नहुने अन्धविश्वास रहेको छ ।

सम्बन्धित

Comments are closed.