महेन्द्रनगर । बाजुरामा जनप्रतिनीधि र कर्मचारीले मदिरा सेवन गरे ७ हजार बढी जरिवाना गर्ने निर्णय गरिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा न ५ मा जन प्रतिनिधी र कर्मचारीलले मदिरा सेवन गरेको पाईएमा ७ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने निणर्य भएको छ ।
वडा भरी कुनै पनि शिक्षक, कर्मचारी र जनप्रतिधीले मदिरा सेवन गरी हिडेको फेला पारेमा ७ हजार ५ सय जरिवाना गर्ने निणर्य गरिएको वडा अध्यक्ष गौरी सार्कीले बताएका छन् ।
साझँ ६ बजे अगाडी मदिरा सेवा गरि हिड्ने सर्बसाधरणलाई समेत २ हजार ५ सय जरिवाना र सेवन गरेको ब्यक्ती नखुलेमा ७ हजार ५ सय जरिवाना गर्ने निणर्य भएको वडाअध्यक्ष सार्कीले बताएका छन् ।
Comments are closed.