दृष्टि फाउण्डेसनलाई खाद्यान्न र दैनिक आवश्यक सामान सहयोग

कैलालीमा रहेको दृष्टि फाउण्डेसनलाई खाद्यान्न र दैनिक आवश्यक सामान सहयोग गरिएको छ । हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम, आपतकालीन असहाय सहयोग कोषकी सदस्य संगीता कुवँरको जन्मदिनका अवशरमा सहयोग गरिएको हो ।

कुवरले धनगढी स्थित दृष्टि फाउण्डेसनमा आश्रित असहाय एवंम् मनोरोगीहरुसँग जन्मदिन मनाउनु भएको हो । चामल, दाल, सुजि, चिउरा, भुजा, नुन, तेल, बिस्कुट, चिनी, चियापत्ती लगायतका सामान हस्तान्तरण गरिएको हेल्प फोर ह्पाप्पीनेसले जनाएको छ ।

सोही अबसरमा संस्थाका सदस्य स्वेता अग्रवालले समेत १३ थान न्यानो लुगा सहयोग गर्नु भयो । कार्यक्रममा हेल्प फर ह्यप्पिनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारी, इमर्जेन्सी मेडिकल टिम, इमर्जेन्सी भेटेरेनरी र आपतकालीन असहाय सहयोग कोषका सदस्य लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कुवँरले असहायसगं जन्मदिन मनाउन पाएकोमा र ह्याप्पिनेसको साथले खुसी लागेको बताउनु भयो । संस्थाका सदस्य सुरेश अधिकारीले असहायलाई सहयोग गरी विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा दृष्टि फाउण्डेसनका व्यवस्थापक चन्द्रा तिरुवाले हेल्प फोर ह्याप्पीनेसको टिमले निरन्तर साथ र सहयोग गरेको भन्दै धन्यावाद दिनु भयो । हेल्प फर ह्याप्पिनेस सामाजिक कार्यमा क्रियाशील युवाको समूह हो । समूहमा आवद्ध युवाले समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.