कैलालीको धनगढी उपमहानगरपालिकाले विकास सम्मेलन आयोजन गर्ने भएको छ । धनगढीको समग्र र योजनाबद्ध विकासको लागि उपमहानगरपालिकाले विकास सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलनबारे सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उप महानगरपालिकाले जानकारी गराएको हो ।
धनगढी विकास सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट बैकंहरु प्रस्तुत हुने नगर प्रमुख नृप बहादुर ओडले जानकारी दिनु भयो ।
यस्तै विकास सम्मेलनमा नगरबासीहरुले भोग्नु परेका दैनिक समस्याहरुलाई सम्बोधन गर्नका लागि धनगढी शहरलाई बस्न योग्य दिगो शहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरीने छ ।
नगरको विकासका लागि नागरीकसंग विकासका परियोजनाका लागि खुल्ला आह्वान गरि उत्कृष्ट ३ जनालाई पुरस्कृत गरि पहिलो हुनेलाई आफ्नो परियोजना प्रस्तुत गर्न सम्मेलनमा अवसर दिईने जनाइएको छ ।
नगरको विकासका लागि ज्ञान र स्रोत बढाउनलाई विकासको साझेदारहरुको दायरा फराकिलो बनाईने लगाएतका विषयवस्तुहरु समावेश गरिने उप महानगरपालिकाले जनाइएको छ ।
प्रस्तुत गरिने परियोजनाहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुसंग समन्वय गरी दु्रत प्रभाब छोटो अबधि र लामो अबधि गरि तीन भागमा पहिचान गरीने बताईएको छ ।
उक्त प्रस्तुतिहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञबाट प्रस्तुत गरी उपस्थित सम्पुर्ण सहभागिहरु माझ बृहत छलफल गरि परियोजनालाई अन्तिम रुप दिईने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । सम्मेलन फाल्गुन १८ गते ओम प्यालेसमा हुने छ ।
Comments are closed.