कञ्चनपुरमा शिक्षकलाई १० वर्ष कैद सजाय

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा कञ्चनपुर जिल्ला आदालतले एक शिक्षकलाई १० वर्ष कैद सजाय तोकेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रिन्सिपल सहित अन्य दुई शिक्षकलाई भने सफाई दिएको छ । सोमबार जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इलासले शिक्षक लक्ष्मणदत्त भट्टलाई १० बर्ष कैद फैसला गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरजप्रसाद बोहरा, प्रिन्सिपल यशोदा जोशी र शिक्षकद्वय दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई सफाई दिएको छ ।

जिल्ला आदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले सात महिनामा यस मुद्दाको फैसला भएको बताउनु भयो । १० बर्ष सजाय तोकिएका शिक्षक भट्टले पुनरावेदन गर्न पाउने छन् ।

असार २५ गते मृतक माधवका मामा पुष्पमणी जोशीले अध्यक्ष बोहरा, प्रिन्सिपल जोशी सहित तीन शिक्षक बिरुद्ध ज्यान सम्बन्धी कसुर मुद्दा दायर गरेका थिए ।

यसअघि साउन २१ गते न्यायाशीध बास्तोलाकै इजलासबाट अध्यक्ष बोहराबाट एक लाख, प्रिन्सिपल जोशीबाट तीन लाख धरौटी लिन आदेश भएको थियो ।

तीनै जना शिक्षक लक्ष्मणप्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिइएको थियो । बैतडीको शिवनाथ गाउपालिका वडा नम्बर २ सर्मली घर भएका कलौनी भीमदत्त नगरपालिका ५ बनगाउस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएका थिए ।

सम्बन्धित

Comments are closed.