हातहतियार बुझाउन दार्चुला प्रशासनको अनुरोध

महेन्द्रनगर । दार्चुलामा हातहतियार बुझाउन अनुरोध जिल्ला प्रशासन कार्यालय ले अनुरोध गरेको छ । कार्तिक १५ गतेभित्र हातहतियार बुझाउन अनुरोध जारी गरेको हो । प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय दार्चुलामा बुझाउन सार्वजनिक सूचना जारी गरेको हो ।

अगामी मंसीर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार कार्तिक १५ गतेभित्र नजिकैको प्रहरी चौकीमा वा सिधै जिल्ला प्रहरी कार्यालय दार्चुलामा बुझाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो । प्रहरी कार्यालयमा बुझाइएको हातहतियार निर्वाचन पश्चात हतियारधनीलाई नै फिर्ता गरिने बताइएको छ ।

सम्बन्धित

Comments are closed.