समाजसेवी विनयको पथमा डडेल्धुराका हजारौ युवा

महेन्द्रनगर । डडेल्धुरामा अहिले हजारौ युवाहरुले विनय प्रकाश मल्लको पथलाई पछ्याईरहेका छन् । विगत ७ वर्षदेखी उनले जिल्लामा बिभिन्न क्षेत्रमा आफुले गरेको मिहिनेत, परिश्रमले कमाएको रकमलाई समाजमा रहेका गरिब,अति विपन्न समुदाय, दलित अपाङग, एकल महिला, अनाथ बालबालिका, शिक्षा स्वास्थ्य, पर्यटन, मठ मन्दिर, बाटोघाटो लगायतको क्षेत्रमा सहयोग गर्दै जिल्लामा भईरहेको विकास निर्माणमा पनि उनले साथ र सहयोग गरिरहेका छन् ।
पछिल्लो समयमा उनले जिल्लामा आफनो रितिरिवाज, संस्कृती परम्परालाई जोगाउनका लागी बिभिन्न जात्रा महोत्सव युवाहरुका लगि खेलकुदमा सहयोग गर्दै आाएका छन् । उनको व्यक्तित्व सहयोग गर्ने बानी र दिनदुखीको आँखामा आँसुदेख्न नसक्ने व्यवहारबाट आफु आर्कर्षित भएर विनयको बाटोमा लागेको अमरगढी ४ का युवाहरुको भनाई रहेको छ ।
डडेल्धुराको अमरगढी ४ तल्लो खलंगामा जन्म भएको सामान्य परिवारमा दुख गर्दै हुर्किएका विनयलाई बा आमाले जहिले संस्कार अनुसान र मान मर्यादाको पाठ पढाएका थिए । त्यही भएर अहिलेपनि उनि भित्र ति सबै गुण अझै रहेका छन् ।
उनले प्रत्यक्ष नभेटेका नदेखेका र उनीहरुबाटे कुनैपनि आशा नराखेका स्थानिय डडेल्धुरावासी लगायत अन्य जिल्लामा रहेका दिन दुखी गरिब असाहय पिडितलाई गरेकोे सहयोगले युवाहरु प्रभावित भएर उनलाई साथ र सहयोग गर्दै आएका छन् ।
बिभिन्न पार्टीमा पनि युवाहरु लगेका छन् तर निस्वार्थरुपमा समाजको लागि काम गर्ने आफनो समुदायकोलागि विकास गर्ने धेरै कम युवाहरु रहेको तर विनयले आफनो समुदाय मात्र नभएर अन्य जिल्लामा पनि सहयोग गरेको र दिनदुखी गरिब, जस्को कुनै छैन आशा भरोसा त्यस्तालाई सहयोग गरेको देख्दा उनको बानीबाट प्रभावित भएर नै आफु पनि विनय जस्तै बन्ने अर्का युवा अमरगढी १ का सुरज भण्डारीले बताए ।
उनी भित्र कुनैपनि किसिमको स्वार्थ, धमण्ड, रिस, ईश्र्या भन्ने कुरा छैन । उनको त्यस्तो व्यक्तित्व देखेर नै आफु पनि विनय दाईको पथमा लागेको अर्का स्थानिय अमरगढी २ का बिनोद सावदले बताए । विनय दाई जस्तै भावना अरुको मनमा पनि पलाउनु पर्ने धारण उनको रहेको छ ।
विनय मल्लले २० दिनमा झण्डै २ लाख रुपैया सामाजिक काममा लगानी गरेका छन् । युवा मनका ढुकढुकी तथा युवा समाजसेवी बिनय प्रकाश मल्लले श्रावण २५ गते देखी भाद्र १५ गते सम्मको छोटो समयमा आफ्नो व्यक्तिगत तर्फबाट कला संस्कृति जेगर्ना गर्न तथा युवाहरू लाई उत्साह प्रेरणा र खेलकुदमा रुची जगाउनका लागी गरेको सहयोगले आफु प्रभावित भएको अर्का स्थानिय खगेन्द्र ठगुराठीले बताए ।
यो अवस्थालाई केलाएर हेर्ने हो, तथा मनन गर्ने हो भने समाजलाई सुधार्न समाजमा विकास गर्न, पहुँच नभएका हरुको पहुँच बनाउन, आफना भन्दा आवस्यक परेका पिडितहरुलाई विकासको काममा लगाउने, युवाहरुको आवस्यक भई रहेको बेलामा विनयको पथलाई पछ्याई रहेका युवाहरु पनि पछि गएर समाज सुधारक, समाजसेवी तथा देशलाई हाक्न सक्ने क्षमताको विकास गरिरहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.