महेन्द्रनगर । कञ्चनपुरमा ८ किलो बढीको माछा फेला परेको छ । कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको वडा नम्बर २ मा शनिबार ८ किलो ८ सय ग्राम तौल भएको माछा फेला परेको हो । शुक्लाफाँटा नगरपालिका वडा नं. २ ढकनिया स्थित प्राकृतिक तालमा उक्त माछा भेटिएको जल उपभोक्ता समुहका अध्यक्ष पदम बहादुर बोहरा बताउनु भयो ।
ढकनियाका स्थानीय जनताहरुले जल उपभोक्ता समुह बनाएर लगभग साढे २ बिगा क्षेत्रफल रहेको प्राकृतिक तालमा लामो समय देखि माछा पालन गर्दै आइरहेका छन् । जल उपभोक्ता समुहका अध्यक्ष बोहराको अगुवाईमा प्राकृतिक तालमा ब्यबसायिक रुपमा माछा पालन गरिरहेको र ३ बर्षको अवधिमा ८ किलो ८ सय ग्रामको माछा बनाउन सफल भएको स्थानीय मानबहादुर चौधरीले जानकारी दिनुभयो । वडा नं.२ का अध्यक्ष भोंदुराम डंगौरा संग यस बिषयमा कुरा बुझ्न खोज्दा वडा कार्यालयको मातहतमा उक्त प्राकृतिक ताल नरहेको र माछा पालन बाट भएको आम्दानी उपभोक्ता समुहले आफै हिसाब फरफारक गरी खर्च गर्ने गरेको जिककिर गर्नुभयो । तर, यो आर्थिक बर्ष देखि वडा नं.२ ले उक्त प्राकृतिक ताललाई आफ्नो स्वामित्वमा लिएर तालको संरक्षण गर्ने, तालको विकासका लागि बजेट छुट्याउने र ठेक्कापट्टा वडा मार्फत नै हुने वडा अध्यक्ष डंगौराले बताउनु भयो ।
शुक्लाफाँटा खबर
6412 posts
Comments are closed.