महेन्द्रनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका एक–दुई स्थानमा शनिबार भारी वर्षाको सम्भावना रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
अहिले प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बाजुरा लगायत क्षेत्रमा वर्षा भईरहेको छ । उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । प्रदेशमा सडक तथा हवाई सेवामा सामान्य प्रभावको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।
नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने भएकाले कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु भनिएको छ । सुदूरपश्चिममा असोज २४ गत सोमबारसम्म वर्षको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशभरको मौसममा बदली आएको हो ।

शुक्लाफाँटा खबर
5678 posts
Comments are closed.