सुदूरपश्चिमका पहाडी जिल्लामा फेरि हिमपात
सुदूरपश्चिमका पहाडी जिल्लामा पाँचौं पटक हिमपात भएको छ । खप्तड झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी क्षेत्रमा दुई फिटसम्म हिउँ परेको छ । फेरि हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । चिसोको कारण बाहिर निस्कन तथा बस्तुभाउ निकाल्न समेत कठिनाइ भएको बताउनु भएको छ ।
अहिले पाँचौ पटक हिमपात भएको छ । जनजीवन निक्कै कष्टकर बनेको छ । चिसोले वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा निकै प्रभाव परेको छ ।’
हिमपताले हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै खुसी भएका लेकाली क्षेत्रका बासिन्दा फेरि हिमपात भएपछि चिन्तित भएका छन् ।लगातारको वर्षा र हिमताले हिउँदे बालीमा क्षति पुगेपछि उनीहरु चिन्तित भएका हुन् ।
Comments are closed.