महेन्द्रनगर । पोखरामा चलिरहेको नवौँ राष्ट्रिय खेलकुदमा फेन्सिङतर्फ सुदूरपश्चिम प्रदेशले स्वर्ण पदक जितेको छ । सिनियर पुरुष फोयलमा सुदूरपश्चिमका जलिन्द्र शाहीले वाग्मतीका सञ्जिप लामालाई पराजित गर्दै स्वर्ण जिते । महिला ईपीको सिनियरतर्फको स्वर्ण आर्मीकी इन्दिरा पौडेलले आर्मीकै सीता पाठकलाई पराजित गर्दै जितिन् । सेबरतर्फको इभेन्टमा वाग्मतीकी शिक्षा नापितले विभागीय क्लब एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितिन् । शिक्षा गण्डकी प्रदेशमा चलिरहेको प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छिन् । प्रतियोगिता ईपी, फोयल र सेबर इभेन्टमा व्यक्तिगत र टिम इभेन्टमा दुई विभागीयसहित ६ टिमले प्रतिस्पर्धा गरेका छन् ।
Comments are closed.