पोखरामा प्याराग्लाइडिङबाट खसेर आर्मीका खेलाडीको मृत्यु

महेन्द्रनगर । नवौं खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ क्रस कन्ट्री प्रतियोगितामा सहभागी त्रिभुवन आर्मी क्लबका खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१८ सराङकोटमा आइतबार खेल चलिरहेको १०० मिटर माथिबाट जमिनमा खस्दा आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्याराग्लाइडिङबाट खसेर घाइते थापालाई उपचारका लागि लागि मेट्रोसिटी अस्पताल पठाएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीका प्रवक्ता, सुन्दर तिवारीले जानकारी दिए ।

पोखरा–१० अस्पताल चोक बस्ने उनी सराङकोटमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङ अनियन्त्रित भएपछि उडेको ५ करिब मिनेटमै खसेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा उनी अन्दाजी १०० मिटर माथिबाट खसेका हुन् ।

सम्बन्धित

Comments are closed.