नेत्रहिन क्रिकेट विश्व कप छनौट प्रतियोगिताका लागी खेलाडी दिल्ली प्रस्थान

महेन्द्रनगर । तेस्रो संस्करणको नेत्रहिन क्रिकेट विश्व कप प्रतियोगितामा सहभागी हुन छनौट प्रतियोगिता खेल्नका लागि सुदूरपश्चिम प्रदेशबाट ३ जना क्रिकेट खेलाडीहरुलाई विदाई गरिएको छ । आईतवार नेत्रहिन क्रिकेट संघका केन्द्रिय सदस्य सहित ३ जना खेलाडीलाई कञ्चनपुरबाट विदाई गरिएको नेत्रहिन क्रिकेट संघका जिल्ला अध्यक्ष भवेन्द्र सिंहले जानकारी दिएका छन् ।
उक्त टोलीमा दृष्टिविहिन क्रिकेट संघका केन्द्रिय सदस्य खेमा सापकोटा, खेलाडीहरुमा मनोज भट्ट, राजु चौधरी र हेमबहादुर खत्रीलाई टिका लगाएर अध्यक्ष सिंहले विदाई गरेका हुन् । डिसेम्वर १ देखी १७ सम्म भारतको नयाँ दिल्लीमा खेल हुनेछ । अहिलेपनि नेत्रहिनलाई सरकारले बिभिन्न सेवा सुविधा बाट बञ्चित गरेको अवस्थामा खेलकुदमा पनि खासै चासो नदेखाएको उनिहरुको गुनाशो रहेको छ ।

 

सम्बन्धित

Comments are closed.