दार्चुलामा अरिंगालले चिल्दा ६ वर्षका बालकको मृत्यु

महेन्द्रनगर । दार्चुलामा अरिंगालले चिल्दा ६ वर्षीय बालकको मृत्यु भएको छ । आमासँगै खर फागला गएका शैल्यशिखर नगरपालिका ६ ग्वानिमा अरिंगालले चिल्दा प्रशान्तसिंह धामीको मृत्यु भएको प्रहरिले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आइतबार दिउँसोतिर आमासँगै खर फागला गएका प्रशान्तलाई घर फर्कने बेला अरिंगालले चिलेका थिए । अरिंगालले चिलेपछि उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको भए पनि उपचारको क्रममै रातिको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.