नवौं राष्ट्रिय खेलकुदः कुस्तीमा कञ्चनपुरको फडको, पाँच स्वर्ण

महेन्द्रनगर । नवलपुरमा सोमबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका लागि कञ्चनपुरका पाँच महिला खेलाडीले स्वर्ण पदक दिलाएका छन् । खेलमा ५० किलोतौल समुहमा दमन्ती बोहरा, ५३ मा मनिषा सिंह, ५५ मा संगिता धामी, ५९ मा कोमल खत्री र ७२ मा हेमा भट्टले स्वर्ण जितेका हुन । महिलातर्फ दश तौलमा भएको राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका महेन्द्रनगरका पाँच महिला खेलाडीले स्वर्ण जितेका छन् । भने प्रतियोगितातर्फ चार महिला खेलाडीले स्वर्ण जितेका छन् ।

कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले सुदूरपश्चिमले कुस्तीमा पाँच स्वर्ण, एक रजत र तीन काष्य जितेको जानकारी दिएका छन् । उनका अनुसार पुरुषतर्फ ६१ किलोतौल समुहमा दमन विष्ट र ६५ मा भुवन चन्दले काष्य जितेका छन् । महिलातर्फ ६२ तौल समुहका कलावती भट्टले रजत जितेका छन् । भने ७६ किलोतौलमा समुहमा बिमला सुनारले काष्य जितेका छन् । स्वर्ण बिजेता महिला खेलाडीहरुमा संगिता धामी महिला कुस्तीमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण जित्ने पहिलो महिला खेलाडी हुन । त्यसैगरी महिलामा दमन्ती र हेमा नयाँ अनुहार हुन, भने बाँकी तीन खेलाडीले साग खेलकुदका पदक जितिसकेका खेलाडी हुन् ।

सम्बन्धित

Comments are closed.