कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं ९ को ब्रह्मदेव बजारमा बहुसांस्कृतिक संग्रहालय स्थापना गर्न थालिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी चार करोड रुपैयाँ लागतमा संग्रहालय भवन निर्माणको काम थालिएको हो ।
संग्रहालय भवनमा सुदूरपश्चिम प्रदेशका डोटेली र रानाथारु समुदायका संस्कृतिसँग सम्बन्धित सामग्रीहरुका राखिने वडाध्यक्ष राम नाथले जानकारी दिनु भयो ।
लोप हुँदै गएका पहिरन, गहना, कला संस्कृति र रहनसहन, रीतिरिवाजलाई झल्काउने खालका सामग्रीहरु राखिने उहाले बताउनु भयो । साथै उहाले पर्यटकलाई आवश्यक अन्य सुविधासमेत संग्रहालय भवनबाट प्रदान गरिने बताउनु भयो । संग्रहालय भवन आधुनिक शैलीमा निर्माण गरिने वडाध्यक्ष नाथले जानकारी दिनु भयो ।
कञ्चनपुरको ब्रह्मदेव क्षेत्र भारतीय पर्यटकका लागि आकर्षक धार्मिक गन्तव्य रहीआएको छ । यहाँ अवस्थित सिद्धबाबा दर्शनका लागि बर्षेनी हजारौं भारतीय दर्शनार्थी ब्रह्मदेव क्षेत्रमा आउने गर्छन् ।