महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले करिब एक लाख बराबरका अबैध सामान बरामद गरेको छ । सोमबार प्रहरीको विशेष टोलीले भिमदत्त नगरपालिका वडा नम्बर ४ चम्मनचोक नजिकबाट अवैध सामान बरामद गरेको हो । भारतबाट भन्सार छली गरेर ल्याई बेवारिसे अवस्थामा लुकाईछिपाई गरी राखेका सामानहरु बरामद गरिएका हुन् । अवैध गाडी, भलिबल, बच्चाको प्याड लगायतका ९६,४३० मूल्य बराबरका सामान बरामद गरिएको बताइएको छ । उक्त सामानहरु आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा पठाईएको छ ।
Comments are closed.