महेन्द्रनगर । बाजुरामा अबैध भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । त्रिबेणी न.पा.७ का एक जना अबैध भरुवा बन्दुक सहित प्रकाउ परेका हुन । त्रिबेणी नगरपालिका कोट्ट्यारी बस्ने बर्ष अन्दाजी ४५ बर्षिया नया लुहार मिजार प्रकाउ परेकाछन् । उनले आफ्नो घर भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले निजको घरमा लुकाई छिपाई राखेको अबस्थामा भरुवा बन्दुक थान–१, बारुद आधा तोला, छर्राको रुपमा प्रयोग गरिने ढुङ्गाका टुक्रा १० गोटा सहित निजलाई पक्राउ गरेको इन्सपेक्टर गिन्द्र बोगटीले बताए । उनलाइ प्रकाउ गरी थप अनुसन्धान भइरहेको बोगटीले बताएका छन ।
Comments are closed.