सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले बाल अनाथालयलाई शैक्षिक सामाग्री तथा फलफुल वितरण गरे
कञ्चनपुरमा रहेको सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले बाल अनाथालयलाई शैक्षिक सामाग्री तथा फलफुल वितरण गरेका छन् ।
आज बिहिवार सरस्वती पुजा तथा शहीद दिवसको अवसर पारेर कंचनपुरको महेन्द्रनगरमा रहेको समाज कल्याण अन्चल बाल अनाथालयमा रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्रीका साथै फलफूल वितरण गरिएकोे बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी दिनेश कुमार सिहले बताउनु भयो ।
उहाका अनुसार बीबीएस चौथो वर्षका विद्यार्थीहरुले २०७६ साल पौष १५ गतेदेखि २१ गतेसम्म गरेको शैक्षिक तथा औद्योगिक भ्रमणबाट बाकी रहेको रकमबाट शैक्षिक सामाग्री तथा फलफुल वितरण गरिएको हो । करिब रु. ४ हजार ५ सय जति मुल्य बराबरका शैक्षिक सामाग्री तथा फलफुल वितरण गरिएको हो ।
Comments are closed.