गुजरातमा पुल भाँचिदा मृत्यु हुनेको संख्या १३२ पुग्यो

हेन्द्रनगर । भारतको गुजरातस्थित पुल भाँचिदा मृत्यु हुनेको संख्या १३२ पुगेको छ । मोर्बी सहरस्थित मच्छु नदीमा रहेको झोलुंगे पुलबाट कैयौँ व्यक्ति खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनाका क्रममा पुलमा सयौँ व्यक्ति रहेको बताइएको छ । भारतीय सञ्चार माध्यम एएनआईले गुजरातका गृहमन्त्री हर्षसिंह सांघवीलाई उद्धृत गर्दै दुर्घटनामा मृत्यु हुनेको संख्या १३२ पुगेको बताएको छ । अहिलेसम्म नदीबाट ६८ जनाको शव निकालिसकिएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाका क्रममा पुलमा करिब ४ सय मानिस रहेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
भारतीय मिडियाका अनुसार उक्त पुल मर्मत गरी पुनस् सञ्चालनमा आएको केही दिनपछि नै भाँचिएको हो । मोरबी सहरको सरकारी वेबसाइटमा दिइएको जानकारीमा यस पुललाई ुइन्जिनियरिङको चमत्कारु दाबीसमेत गरिएको थियो । १।२५ मिटर चौडाइ र २३३ मिटर लम्बाइ रहेको उक्त पुलले दरबारगढ महल र लखधीरजी इन्जिनियरिङ कलेजलाई जोड्थ्यो । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले दुर्घटनामा मृत्यु हुनेको परिवारलाई ४ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने घोषणा गरेका छन् । गृहप्रान्त गुजरात रहेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुस्ख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन् ।

सम्बन्धित

Comments are closed.