कञ्चनपुरको महेन्द्रनगरमा लुम्बिनी विकास बैंक लिमिटेडको शाखा कार्यालय स्थापना गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि ६७ औ शाखा कार्यालयको उद्घाटन गरिएको हो ।
सो उद्घाटन कार्यक्रमका सभापति लुम्बिनी विकास बैंक लिमिटेडका सञ्चालक चिन्तामणि भट्टराई रहनु भएको थियो भने प्रमुख अतिथि कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जगं बहादुर मल्ल रहनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा भीमदत्त नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थी, बैंकका कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी विकास बैंक लिमिटेडका सञ्चालक चिन्तामणि भट्टराईले बैंकले यस क्षेत्रमा उत्पादकत्व बढाउनका लागि सहयोग गर्ने बताउदै सामाजिक उक्तरदायित्वलाई पनि बहन गर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले यस क्षेत्रमा बैंकको शाखा खुल्नुले निजी क्षेत्रलाई उत्साह थपिएको बताउनु भयो ।
साथै उहाले बैंकले निजि क्षेत्रको बिकासमा खेल्ने भुमिकाले महत्व राख्ने भएकाले ठोस निति ल्याएर युवा र बेरोजगारहरुलाइ उद्यमी बनाउने प्रयत्न गर्नुपर्ने बताउनु भयो ।
भीमदत्त नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराले बैंकले निम्न वर्गलाई माथि उकास्नका लागि सहयोग गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बैंकलाई शुभकामना दिदै पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले कञ्चनपुरमा शाखा खोल्नु भएकोमा धन्यवाद दिनुहुदै बैकंले सामाजिक उत्तरदायित्व बहनमा समेत ध्यान दिनुपर्ने बताउनु भयो ।
यसैगरी लुम्बिनी विकास बैँकले कैलालीको धनगढीमा पनि शाखा विस्तार गरेको छ । सुर्खेतको विरेन्द्रनगरसंगै धनगढी र महेन्द्रनगरमा पनि शाखाको उद्वघाटन गरिएको हो ।
धनगढीमा नेपाल राष्ट्र बैँक धनगढीका प्रमुख निश्चल अधिकारी र लुम्बिनी विकास बैँक सञ्चालक समितिका अध्यक्ष दशरथ रिजालले शाखाको संयुक्त रुपमा उद्वघाटन गरेका थिए । गत आर्थिक वर्ष २०७५र०७६ मा ८५ करोड मुनाफा कमाएको बैँकको खुदनाफा ६२ करोड रहेको छ ।
बैँकको पूजि दुई अर्ब ७२ करोड छ । गत असारमा बैँकको कुलजगेडा दुई अर्ब रहेको थियो ।
Comments are closed.