खप्तड लघुवित्तले निष्कासन गरेको आईपीओ बँडफाट भएको छ । कम्पनीको सार्वजनिक निष्कासनमा माग भन्दा बढी आवेदन परेकोले गोला प्रथा बाट आईपीओ बाडफाट भएको लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । सोमबार बिहान भएको बाडफँटमा १२ हजार ३४० जनालाई १० कित्ताका दरले सेयर प्रापत गरेको प्रभु क्यापिटलले जनाएको छ ।
लघुवित्तले ८ भदौ देखि १२ भदौ सम्म १ करोड ३२ लाख रुपैया बराबरको १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिबक निष्कासनमा ल्याएको थियो । जस मध्ये कम्पनीको जारी पूजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सार्वजनिक निष्कासन हुने सेयर मध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेर बँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणको लागि आवेदन खुला गरेको थियो ।
उक्त सार्वजनिक निष्कासनमा १८ लाख ८३ हजार ११८ आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये १ लाख ४४ जनाको आवेदन १७ लाख ८३ हजार ७४ जनाको आवेदन स्वीकृत भएको जनाएको छ । सोही स्वीकृत भएको आवेदकलाई गोला प्रथामा सहभागी गराएर १२ हजार ३४० जनालाई १० कित्ताका दरले सेयर बाडफाट भएको छ ।
अन्य आवेदकले भने सेयर प्राप्त गरेनन् । कम्पनीको आईपीओ नतिजा, बिक्री प्रबन्धक प्रभु क्यापिटल र लघुवित्तकै वेबसाइट तथा सीडी एस एण्ड क्लियरिङले आईपीओ नतिजा हेर्नको लागि बनाएको वेबसाइट र मेरोसेयर मार्फत हेर्न सकिने छ ।