ट्राफिक द्धारा सुदुरपश्चिममा एक वर्षको अवधिमा ५ करोड ४१ लाख बढी राजस्व संकलन

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीयाले सुदुरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा ५ करोड ४१ लाख ९५ हजार राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार अत्तरीया कार्यालय र मातहतका जिल्ला कार्यालयहरुले ट्राफिक चेकीङमा कडाई गर्दा सडक दृर्घटनामा न्यूनीकरण हुनुका साथै राजस्व संकलनमा बृद्धी भएको जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७८÷०७९ मा सुदुरपश्चिम प्रदेशमा ५ करोड ४१ लाख ९५ हजार राजस्व संकलन भएको जनाएको छ । तथ्यांक अनुसार सबै भन्दा बढी राजस्व संकलन भएको जिल्लाको रुपमा कैलाली पर्दछ जसले एक वर्षको अवधिमा ३ करोड २ लाख ५१ हजार रुपैया राजस्व संकलन गरेको छ भने त्यस्तै सबै भन्दा कम राजस्व संकलन भएको जिल्लाको रुपमा बाजुरा पर्दछ ।

जसले एक बर्षको अवधिमा १२ लाख ८६ हजार ५ सय रुपैयँ राजस्व संकलन गरेको देखिन्छ । त्यस्तै अन्य जिल्लाहरुमा कंचनपुरमा ८६ लाख ५४ हजार ५ सय, डडेलधुरामा ३२ लाख ७ हजार ५ सय, डोटीमा २९ लाख ४० हजार, दार्चुलामा १४ लाख २१ हजार ५ सय, बझाङमा १५ लाख ३० हजार ५ सय, अछाममा २६ लाख ६९ हजार, बैतडीमा २१ लाख १८ हजार ५ सय राजस्व संकलन भएको कार्यालयले जनाएको छ । सुदुरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले संकलन गरेको राजस्वको अवस्था हेर्दा बर्षेनि बृद्धी भएको देखिन्छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा सुदुरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा ३ करोड ३१ लाख ९९ हजार ५ सय रुपयाँ राजस्व संकलन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा एक बर्षको अवधिमा उक्त रकम बढेर ४ करोड ५७ लाख ६७ हजार पुगेको देखिन्छ । भने आर्थिक बर्ष २०७८÷०७९ मा बृद्धी भएर ५ करोड ४१ लाख ९५ हजार राजस्व संकलन भएको देखिन्छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीया र मातहतका कार्यालयले एक बर्षको अवधिमा ९७ हजार जनालाई सडक कारबाही गरेको छ । ट्राफिक प्रहरीको नियमलाई बेवास्ता गरी विभिन्न प्रकारले सवारी साधन चलाएकाहरुलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरीया सुचना अधिकारी एवं प्रहरी निरीक्षक रण बहादुर बिष्टले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.